site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नागरिकता नदिने भए वैधानिक व्यवस्था खारेज गरियोस् : पूर्वमन्त्री खान
फाइल तस्बिर।

काठमाडौं । जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री अब्दुल खानले नागरिकता नदिने भए संविधानको भाग २ को धारा १० र ११ को उपधारा ३ खारेज गर्न माग गरेका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नागरिकता नभएकाहरुले आत्महत्या गर्नुको विकल्प नभएको पनि बताए ।

Dabur Nepal
NIC Asia

“नागरिकता दिनुछैन भने भाग २ को धारा १० र ११ को उपधाार ३ हटाउनुहोस् । नभए नागरिकता दिनुहोस्,” उनले भने ।

सांसद खानले संविधानले कस्ता व्यक्तिलाई नागरिकता दिने भनेर स्पष्ट लेखेको जिकिर गरे । सांसद खानले नागरिकता भएकाहरू अनागरिक भएर विदेशिन खोजिरहेको भन्दै नागरिकता नभएकाहरु नागरिकता पाउन बिन्ती गरिरहेको र आत्महत्या गर्नुबाहेक अर्को विकल्प नभएको दुःखेसो गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro