site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभा महिला च्यालेन्ज कपको तयारी पूरा, आठ राष्ट्र सहभागी 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

यही जेठ ८ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, कजाखस्तान, कीर्गिस्तान र उज्वेकिस्तान गरी आठ राष्ट्र सहभागी हुनेछन् ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपाल, भारत, बंगलादेश र कीर्गिस्तान तथा समूह ‘बी’मा श्रीलंका, माल्दिभ्स, कजाखस्तान र उज्वेकिस्तान छन् ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन तथा पुरस्कार वितरण युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गर्नेछन् ।

प्रतियोगिता सञ्चालनका लागि दुई करोड ७१ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro