site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : मुख्यमन्त्री चौधरी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् । आफ्नो नाम विभिन्न सञ्चारमाध्यममा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

नेपाल प्रेस युनियन दाङको साधारणसभा एवं आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सो प्रकरणमा आफू कहीँ कतै पनि नजोडिएको स्पष्ट पारे । सञ्चारमाध्यमलाई सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन गर्न उनले आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

मिडियालाई बलियो बनाउनका लागि प्रदेश सरकारले पत्रकार र सञ्चारगृहका लागि विशेष योजना बनाएको उनको भनाइ थियो ।

पत्रकारको पेसागत सुरक्षा, क्षमता विकास तथा दूरदराजसम्म सूचनाको पहुँच पुर्‍याउनका लागि प्रदेश सरकारले भूमिका खेल्दै आएको मुख्यमन्त्री चौधरीले बताए । रेडियोको सबलीकरणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

Global Ime bank

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले लोकतान्त्रिक आन्दोलनको जगबाट अहिलेको व्यवस्था स्थापनाका लागि नेपाली सञ्चारकर्मीले खेलेको भूमिकालाई राजनीतिक दलले बिर्सन नहुने बताए । पछिल्ला दिनमा सार्वजनिक भइरहेका घटनाक्रमकै कारण लोकतन्त्र कमजोर हुन्छ कि भन्नु गलत रहेको उनको भनाइ थियो ।

लोकतन्त्रको सम्वद्र्धन र संरक्षणका लागि नेपाली मिडिया सक्षम रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले राजनीतिक दलले मिडियामैत्री वातावरण निर्माणका लागि आवश्यक ऐन, कानुन निर्माणमा ध्यान दिनुपर्ने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement