site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
नेपाली भाषा–साहित्यका २०१ जनालाई ‘नइ कीर्ति रत्न’
Ghorahi CementGhorahi Cement

काठमाडौं । नइ प्रकाशनले २०१ स्रष्टालाई ‘नइ कीर्ति रत्न’ अलंकारले विभूषित गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा. मुकुन्दशरण उपाध्याय, समालोचक प्रा. डा. वासुदेव त्रिपाठी, भद्रकुमारी घले र प्राज्ञ वैरागी काइँलाबाट स्रष्टालाई ‘नइ कीर्ति रत्न’ प्रदान गरिएको थियो ।

Dabur nepal
Agni Group

नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्‍याइएको विशिष्ट योगदानको कदर गर्दै नेपाली भाषा–साहित्यका २०१ स्रष्टालाई उक्त अलंकारद्वारा विभूषित गरिएको हो ।

यसरी विभूषित हुनेमा अशेष मल्ल, मोहन दुवाल, प्रा. डा. उषा ठाकुर, प्रा. डा. गार्गी शर्मा, गोविन्द गिरी प्रेरणा (अमेरिका), टेकनारायण रिमाल कौशिक (म्यानमार), डा. तुलसी भट्टराईलगायत स्रष्टा छन् ।

सोही अवसरमा भगवती बस्नेतद्वारा सम्पादित ‘नइ कीर्ति लय’ र ‘नइ प्रकाशन ः कीर्ति र आकृति’नामक दुई ग्रन्थको लोकार्पण समेत गरिएको नइ प्रकाशनले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu