site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब ट्विटरमै अडियो र भिडियो कल गर्न सकिने

काठमाडौं । ट्विटरका प्रमुख कार्यकारी एलन मस्कले ट्विटरमा इन्क्रिप्टेड म्यासेज र अडियो एवं भिडियो कल पनि गर्न सकिने फिचरबारे जानकारी गराएका छन् । मस्कका अनुसार बुधबारदेखि नै ट्विटरमा इन्क्रिप्टेड म्यासेज उपलब्ध भइसकेको छ । 

मस्कले गत वर्ष ट्विटर २.० योजनाहरुबारे टिप्पणी गर्दै यसलाई सम्पूर्ण एप बनाउने संकेत गरेका थिए । जसअन्तर्गत इन्क्रिप्टेड म्यासेज, लामो ट्विट र ट्विटरबाटै भुक्तानी गर्न सकिनेसम्मका फिचर हुने बताइएको थियो ।

मस्कले ट्विट गर्दै चाँडै नै ट्विटरबाट प्रयोगकर्ताले आफ्नो अकाउन्टबाट जो सकुैलाई पनि भ्वाइस र भिडियो कल गर्न सक्ने बताएका छन् । 

मस्कले ट्विट गरेका छन्, “तपाईँको ह्यान्डलबाट जो कोहीसँग भ्वाइस र भिडियो च्याट हुनेछ । यसो हुँदा तपाई आफ्नो फोन नम्बर नदिएरै संसारको जुनसुकै ठाउँमा मानिसहरूसँग कुरा गर्न सक्नुहुन्छ ।”

ट्विटरमा कल गर्न सकिने फिचर आएसँगै यसले प्लेटफर्मलाई मेटाका फेसबुक र इन्स्टाग्रामसँग मिल्दोजुल्दो बनाउनेछ । ट्विटरले यसै हप्ता वर्षौंदेखि निष्क्रिय रहेका अकाउन्टहरू हटाउने र अर्काइभ गरेर राख्न थाल्ने बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro