site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राप्ती नदीको बगरबाट गोहीका २५९ अन्डा संकलन
फाइल तस्बिर ।

चितवन । चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका २५९ अन्डा संकलन गरेको छ । बगरमा भेटिएका मध्ये नौवटा गुँडबाट अन्डा संकलन गरिएको हो ।

खोजीका क्रममा भेटिएका थप ६ गुँडका अन्डा प्राकृतिक वासस्थानमा छाडिएको छ । गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार नौमध्ये एउटा गुँडको १७ अन्डा छिरलिएको अवस्थामा भेटिएको थियो । राप्ती नदीको खोरसोर घाटबाट सीतामाई घाटसम्म अन्डा संकलन गरिएको हो ।

गोही प्रजनन केन्द्रमा ती अन्डा ल्याएर बालुवाभित्र चल्ला कोरल्नका लागि राखिएको छ । जेठ १५ गतेपछि साउनसम्म ती अन्डाबाट बच्चा कोरल्ने गरिन्छ । प्रजनन केन्द्रका तीन गुँडमा गोहीले अन्डा पारेको छ ।

Dabur Nepal
NIC Asia

मगरका अनुसार गत दुई वर्ष प्रजनन केन्द्रका अन्डाबाट बच्चा कोरलिएको छैन । प्रजनन केन्द्रमा दुईवटा भाले रहेका छन् । भालेमा समस्या भएका कारण अन्डाबाट बच्चा नकोरलिएको अनुमान गरिएको छ ।

प्रजनन केन्द्रमा गोहीको संख्या बढी भएपछि यो वर्ष अन्डा थोरै मात्र संकलन गरिएको हो । गत वर्ष ५६३ अन्डा संकलन गरिएको थियो । ती अन्डाबाट ४९६ बच्चा कोरलिएका थिए । यसरी कोरलिएका बच्चा बचाउन निकै जटिल हुने गर्छ । हालसम्म आइपुग्दा तीमध्ये ३०० हाराहारी मात्र जीवित छन् ।

मगरले प्रजनन केन्द्रमा ६४० साना–ठूला गोही रहेको भन्दै थोरै मात्र अन्डा संकलन गरिएको बताए ।

निकुञ्जले वि.सं. २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । हरेक वर्ष बाढीले बगाएर गोही भारत पुर्‍याउने गर्छ । यद्यपि, संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ । राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ ।

प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार ८५२ गोही विभिन्न नदीमा छाडिसकिएको छ । तीमध्ये सबैभन्दा बढी राप्तीमा एक हजार १३२ गोही छाडिएको छ । यस्तै, नारायणीमा ४१९, बबईमा ११०, सप्तकोसीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकी नदीमा ३५ गोही छाडिएको छ ।

पछिल्ला दिनहरूमा अरू नदीमा संरक्षण हुन नसकेपछि अधिकांश गोही राप्ती र नारायणीमा मात्र छाडिँदै आएको छ । नदी प्रदूषण रोक्न, जथाभावी नदीजन्य पदार्थ उत्खनन नगर्न र ठूला जाल प्रयोग नगर्न निकुञ्जले आग्रह गर्दै आएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro