site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
निखिल भन्छन्– मैले अधिकांश सिनेमाबाट पैसा उठाउन बाँकी छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निखिल उप्रेतीले नेपाली सिनेमा उद्योगमा लामो समय पहिलो रोजाइको नायक भएर काम गरे । एक्सन नायकका रूपमा आफ्नो समयमा दबदबा बनाएका निखिलको समयका लागि समय कुरेर बस्ने थुप्रै निर्देशक र निर्माता थिए । तर, तीनै निखिललाई पनि आफ्नो पारिश्रमिक उठाउन भने हम्मे–हम्मे पथ्र्यो । 

उनले सिनेमा नखेलेको पनि थुप्रै वर्ष भइसक्यो । तर, उनले अझै पारिश्रमिक वापतको रकम उठाइसकेका छैनन् । उनकै शब्दमा पारिश्रमिकवापतको ठूलो रकम उठाउन बाँकी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“नेपाली सिनेमा उद्योगमा सबैभन्दा गाह्रो नै पैसा उठाउन हो । पैसा उठाउन नेपाली सिनेमा उद्योगमा पैसा नपाएसम्म डबिङ नै नगरिदिने कठोरता देखाउनु पथ्र्यो,” निखिल बाह्रखरीसँग भन्छन्, “डबिङ सकिएपछि पैसा आउँदैनथियो । तर, मैले त्यो नेचर बनाउन सकिनँ । त्यसैले मैले ठूलो रकम उठाउन बाँकी छ ।” 

तर, आफूले अब उक्त रकम माया मारिसकेको निखिल बताउँछन् । “मैले अधिकांशलाई टेन्सन नलेऊ, पूराना कुरा छोड्देऊ भन्दिसकेको छु,” निखिल अगाडि भन्छन्, “धेरैले मेरो २०, ३०, ५० हजार, एक लाख, दुई लाख रुपैयाँसम्म दिन बाँकी राखेका छन् । प्रायः अधिकांश मुभीले कहीँ न कहीँ पैसा दिन बाँकी राखेका छन् ।” आफूसँग पैसा नदिने मुभी र मेकरको फेहरिस्त नै रहेको उनी सुनाउँछन् । 

Global Ime bank

नेपाली चलचित्र उद्योग पूर्णरुपमा व्यवसायिक नहुँदा थुप्रै समस्या हुने गरेको र त्यसको असर सिनेमा मेकिङमा पर्ने गरेको उनको निष्कर्ष छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC