site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
...त्यसपछि श्री एयरको जहाज भैरहवामै गरियो अवतरण

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार बिहान श्री एयरलाइन्सको उडान नम्बर एसएचए ८२२ जहाजले ‘टेक अफ’ लियो । जहाजमा चालकदलका सदस्यसहित ८१ जना सवार थिए ।

उक्त जहाजले विमानस्थलबाट ९ः४० मा टेक अफ लिएको थियो । त्यससँगै जहाजको ‘ल्यान्डिङ गियर’मा समस्या आयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जहाज टेक अफको केही समयपछि नै ल्यान्डिङ गियर भित्र राख्नुपर्ने हुन्छ ।

Dabur Nepal
NIC Asia

ल्यान्डिङ गियरमा समस्या आएको पाइलटले विमानस्थल कार्यालयलाई जानकारी गराए । पाइलटले जहाज सोही विमानस्थलमै ‘ल्यान्ड’ गर्ने निर्णय गरे । विमानस्थलले पनि त्यसका लागि अनुमति दियो । त्यसपछि आकस्मिक रूपमा जहाजलाई ९ः५८ मा भैरहवा विमास्थलमा अवतरण गराइयो ।

जहाज सुरक्षित रूपमा अवतरण गराइएको थियो । त्यसपछि रनवेमा करिब २० मिनेट रोकियो । सोही कारण सोमबार गौतमबुद्ध विमानस्थलमा ५० मिनेट उडान र अवतरण प्रभावित भएको थियो ।

श्रीको जहाज त्यहाँ रोकिँदा काठमाडौंबाट भैरहवाका लागि उडेको यती एयरको विमान काठमाडौं नै ‘डाइभर्ट’ गरिएको थियो ।

जहाजले ल्यान्ड गरेपछि यात्रीलाई सुरक्षित रूपमा बाहिर निकालेर यात्रुकक्षमा लगिएको विमानस्थलका प्रवक्ता विनोद सिंह रावलले जानकारी दिए ।

जहाजमा के कारण समस्या आयो भन्ने विषयमा प्राविधिक टोलीले छानबिन गर्ने उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro