site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुगु हिउँपहिरो अपडेट : हेलिकोप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान
फाइल तस्बिर ।

मुगु । च्याखु लेकमा हिउँपहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकोप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।

हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्तसहित २० जना रहेका जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

यही वैशाख २२ गते नै इलाका प्रहरीचौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ ।

हिउँ, उच्च हिमाल पार गरेर जानुपर्ने तथा बन्दोबस्तीका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको पनि निप्रनाउ पन्थीले बताए ।

स्थलमार्गबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृह मन्त्रालयले हेलिकोप्टरसहित उद्धारकर्मी पठाएको हो ।

मुगूम कार्मारोङ गाउँपालिकाले यार्सा पाइने पाटन क्षेत्रमा आउँदो जेठ ४ गतेदेखि संकलकलाई राजस्व काटेर प्रवेश गराउने सूचना गरिरहँदा जुम्लाको पातारासी गाउँपालिका–२, तल्फी गाउँका १५ स्थानीय अवैध बाटो भएर  पाटनतर्फ प्रस्थान गरेका जनाइएको छ  ।

पाटनमा जाँदै गर्दा च्याखु लेकमा यही वैशाख २२ गते दिउँसो १ बजे माथिबाट हिउँपहिरो आउँदा तारासिंह सार्की, पुन्न सार्की र वीर बोहरा बेपत्ता भएको जनाइएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro