site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फाइनल प्रवेशका लागि नेपाललाई चुनौती दिँदै कुवेत

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज (शनिबार) घरेलु टोली नेपालले कुवेतको चुनौतीको सामना गर्दै छ । घरेलु मैदानमा जारी प्रतियोगिताको समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेकाे नेपाल आज कुवेतविरुद्ध मैदान उत्रिदा पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । 

समूह 'ए' को विजेताको रुपमा सेमिफाइनल आएको नेपालले समूहमा मलेसियालाई ६ विकेटले र दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दा साउदी अरेबियाविरुद्धको तेस्रो खेल भने वर्षाका कारण नतिजाविहिन बनेको थियो । समूह चरणको चौथो खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको थियो ।

Dabur Nepal
NIC Asia

यता, समूह 'बी' को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको कुवेतले भने समूह चरणका चार खेलमध्ये तीन खेलमा जित निकालेको थियो । समूह चरणको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) सँग १४३ रनको हार बेहोरेको कुवेतले दोस्रो खेलमा बहराइनलाई दुई विकेटले र तेस्रो खेलमा सिङ्गापुरलाई चार विकेटले पराजित गरेको थियो ।

अन्तिम खेलमा हङकङविरुद्ध ३० रनको जित निकालेसँगै कुवेतले अन्तिम चारमा स्थान पक्का गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । 

आजै हुने अर्को सेमिफाइनलमा समूह 'बी' को विजेता यूएई र समूह 'ए' को उपविजेता ओमानबीच पनि सोही समयमा प्रतिस्पर्धा हुँदै छ । यो खेल मुलपानी क्रिकेट रंगशालामा हुनेछ ।

यसैवर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी थिए । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको थियो ।

प्रिमियर कपको समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार थिए । यस्तै, समूह ‘बी’मा हङकङ, कुवेत, यूएई, सिंगापुर र बहराइन थिए ।

प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro