खेल

काठमाडौं । एसीसी प्रिमियर कपमा ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालका दुवै ओपनर खाता नखोली आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालका दुवै ओपनर शून्यमा आउट भए ।
नेपालले तेस्रो ओभरको दोस्रो बलमा पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो । चौथो ओभरको चौथो बलमा अर्का ओपनर आसिफ शेख पनि शून्यमा आउट भए ।
पाँच ओभरको खेल सकिँदा नेपालले दुई विकेट गुमाएर तीन रन बनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० ०९:३३
प्रतिक्रिया दिनुहोस्