site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनमा दादुरा र ठेउलाका बिरामी भेटियो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

चितवन । चितवनका दुई पालिकामा दादुरा र ठेउलाको समस्या देखिएको छ । इच्छाकामना गाउँपालिकामा दादुरा र खैरहनी नगरपालिकामा ठेउलाको समस्या देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार इच्छाकामना–६ मा तीन बालबालिकामा दादुराको संक्रमण पुष्टि भएको छ । अरू पाँचजनाको नमुना परीक्षणका लागि आज हेटौंडा पठाइएको छ ।

बुधबार संक्रमण पुष्टि भएसँगै सो क्षेत्रमा टोली परिचालन गरिएको उनले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई वर्षअघि जिल्लाको पहाडी क्षेत्रमा दादुरा देखिएको थियो । यो सरुवा रोग हो । रोग नियन्त्रणका लागि जन्मिएको नौ महिना र १५ महिनामा गरी दुईपटक बालबालिकालाई खोप लगाउने गरिन्छ । सो क्षेत्रमा खोप लगाउन छुटेको हो कि भनेर अध्ययन समेत गरिएको उनले बताए ।

कार्यालयले सरुवा रोग भएकाले संक्रमण भएकाहरूलाई छुट्टै राख्न (आइसेलेसनमा) र खोप लगाउन छुटेको भए खोप लगाउन अनुरोध गरेको छ ।

Global Ime bank

संक्रमण देखिएकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको कार्यालय प्रमुख चापागाईंले जानकारी दिए ।

यसैगरी, जिल्लाको खैरहनी–११ मा ठेउलाको संक्रमण देखिएको छ । संक्रमण देखिएपछि नगरपालिकाको स्वास्थ्य शाखाले जनचेतना अभियान सञ्चालन गरेको छ । स्वास्थ्य शाखा प्रमुख निर्मल घिमिरेका अनुसार गएको चैत मसान्तसम्म उक्त वडाका ३३ जनामा ठेउला देखिएको छ ।

उनका अनुसार संक्रमण कसरी फैलिन्छ र कसरी सावधानी अपनाउने भन्ने बारेमा जनचेतना जगाइएको छ ।

बालबालिकामा बढी मात्रामा ठेउला देखिएको भन्दै उनले २५ वर्षीया सुत्केरीमा समेत संक्रमण भएको जानकारी दिए । यो रोग सजिलै सर्ने भन्दै घिमिरेले रोकथाम गर्नु नै महत्त्वपूर्ण हुने बताए ।

उनले भने, “यसको ठ्याक्कै उपचार हुँदैन । आउँछ, हप्ता १० दिन सताउँछ ।” ज्वरो आएमा ज्वरोको औषधि र डाबरले चिलाउने हुँदा चिलाउन रोक्ने औषधि दिने गरिएको उनको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय