site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फोहोरको ढुवानी रोक्ने १५ दिने ‘अल्टिमेटम’
फाइल तस्बिर ।

काठमाडौं । नुवाकोट र धादिङका स्थानीय तहका जनप्रतिनिधिले काठमाडौं उपत्यकाको फोहोरको ढुवानी रोक्ने चेतावनी दिएका छन् । आफूहरूका माग १५ दिनभित्र पूरा नभए फोहोरको ढुवानी रोक्ने उनीहरूको चेतावनी छ ।

नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष र धादिङको धुनिबेँसी नगरपालिकाका प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै माग पूरा गर्न दबाब दिएका हुन् । माग पूरा नभए दुवै स्थानीय तहको कार्यपालिका बैठकबाट निर्णय गरी फोहोरको ढुवानी बन्द गराइने विज्ञप्तिमा उल्लेख छ ।

यसअघिको सम्झौता कार्यान्वयन गर्नुपर्ने, न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, फोहोर व्यवस्थापनस्थल सिसडोल र बन्चरेडाँडाको ईआईएका बारेमा जानकारी गराउनुपर्ने, बन्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्नेलगायत माग गरिएको छ ।

विज्ञप्तिमा ककनीका अध्यक्ष सुमन लामा र धुनिबेँसीका प्रमुख बालकृष्ण आचार्यले हस्ताक्षर गरेका छन् । यही वैशाख ५ गतेको मिति उल्लेख विज्ञप्ति बिहीबार सार्वजनिक गरिएको छ ।

विज्ञप्ति पढ्नोस्–

342198016_1937677243238707_4928003182055930876_n1681978330.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro