site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रघुजी पन्तको कटाक्ष : प्रचण्ड-सरकारको उपलब्धिमा अस्पतालमा कति बालबच्चा जन्मिए भन्ने छुटेछ
फाइल तस्बिर।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले १०० दिनमा मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकारले उपलब्धि गरेर फुर्ती मात्र लगाएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटासँग बिहे गरेर अर्कोसँग पोइला गएर वरिपरि आठ/नौ भाइ जम्मा गरेर सरकार टिकाएको आरोप लगाए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अस्तिको हिजो र आजको बिहान गोरखापत्रको दुई पेजमा सरकारको ३७ बुँदे उपलब्धि पढेर गयो,” उनले भने, “त्यहाँ ३८औँ बुँद थप्न छुटेछ । त्यसमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि नेपालको अस्पतालमा कति बालबच्चा जन्मिए, त्यो उल्लेख भएन । कति मिलिमिटर पानी पर्‍यो र कति दिन घाम लाग्यो भन्ने उल्लेख भएनछ ।”

उनले १०० दिनको काममा किसानको समस्या समाधान, गम्भीर आर्थिक अवस्थाबारे समाधानको भिजन नभएको उल्लेख गरे । साथै, उनले यो सरकार सिद्धान्तहीन विचारहीन र आधारहीन भएको उल्लेख गरे । 

प्रधानमन्त्री प्रचण्ड सरकारले अर्बौँ नाफा भइरहेको एनसेल कम्पनीलाई सेटिङमा कानुन फेरेर सरकारको स्वामित्वमा नल्याउने गरी उपलब्धि हासिल गरेको जिकिर गरे ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्