site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एलजीका सामान किन्दा ३५ प्रतिशतसम्म क्यासब्याक

काठमाडौं । एलजीले नयाँ वर्षलाई लक्षित गर्दै नयाँ अभियान ‘शुभकामना नयाँ वर्षको सम्बन्ध जीवनभर’ ल्याएको छ । 

अभियानले एलजीका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्रदान गर्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

योजनाअन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजीहोम इन्टरटेन्मेन्ट र होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म क्यासब्याक र पक्का उपहारहरू दिनेछ । 

एलजीहोम इन्टरटेन्मेन्ट अन्तर्गतको एलजीओलेड टीभी, एलजी यूएचडी टीभी, वायरलेस स्पिकर, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकहरूले ३५ प्रतिशतसम्म बढी क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओभनवा एयर फ्रायर, एलजी डबल डोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर वागिफ्ट सेट, एलजी डबल डोर (३६० लिटर सम्म) रेफ्रिजेरेटरको खरिदमा फ्यान, ह्यान्ड ब्लेन्डर वा कुकर, एलजी फ्रन्टलोड वासिङ मेसिन (१० केजी र माथि) को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन (९ केजी सम्म) को खरिदमा डिटरजेन्ट पाउडर, एलजी टप लोड/टिव्न टब वासिङ मेसिनको खरिदमा केटल वा नन स्टीकी फ्राइप्यान,एलजी डिस वासरको खरिदमा डिसवासर किट र एलजीएयर प्युरिफायरको खरिदमा एयर फ्रायर प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, एलजीमा इक्रोवेभ ओभनको खरिदमा ग्राहकहरूले फ्री खाना पकाउने किट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरूले क्रमश: ४००० र रु ५००० को नि:शुल्क स्थापना सेवा पाउनेछन् । यो योजना नेपाल अधिराज्यभरि २०७९ चैथ १२ गतेदेखि सीमित अवधीका लागि लागु हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्