site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल राष्ट्र बैंकका गभर्नर र सीबीफीनका प्रतिनिधिबीच छलफल
Tiktok banner adTiktok banner ad

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) का प्रतिनिधिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटघाट गरेका छन् । 

भेटका क्रममा बैंकिङ क्षेत्रमा विकसित घटनाक्रम, देशको समग्र आर्थिक अवस्था र सुधारका सम्भावित उपायकाबारेमा वृहत छलफल गरेको छ । 

सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले विगत केही समय अघिदेखि बैंक तथा वित्तीय संस्था र कर्मचारीमाथि सुनियोजित श्रृंखलाबद्ध रूपमा सञ्चालन भइरहेका गैरकानुनी क्रियाकलाप र सांघातिक आक्रमणहरूको विषयमा गभर्नरको गम्भीर ध्यानाकर्षण गराइएको बताइएको छ । 

भेटमा नेपालको समग्र आर्थिक बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौती, विश्व परिवेश र आर्थिक एवं बैंकिङ सुधारसहित तीव्र आर्थिक गतिविधिमार्फत अर्थतन्त्रलाई गतिशील बनाउने विषयमा संस्थागत सुझावहरू समेटिएको ध्यानाकर्षणपत्र समेत पेस गरिएको छ ।

सीबीफीनका अध्यक्ष गोल्यानले नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकाय मात्र नभइ अभिभावक संस्था समेत भएकोले बैंक तथा वित्तीय संस्थाहरुमाथि विभिन्न कोणबाट आक्रमण भइरहँदा नेपाल राष्ट्र बैंकले अभिभावकिय भूमिमा खेल्नुपर्नेमा विशेष जोड दिए । 

गभर्नर अधिकारीले आर्थिक एवं बैंकिङ क्षेत्रको सुधारका लागि सीबीफीनद्वारा पेस गरिएका सुझावलाई गहनताका साथ लिने र यथोचित सम्बोधनका लागि पहल गर्ने सन्देश दिएका छन् । 

बैंक तथा वित्तीय संस्था र कर्मचारीकाविरुद्ध भइरहेका क्रियाकलापबारे नेपाल राष्ट्र बैंकले नजिकैबाट नियालिरहेको बताउँदै गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा देखिएको सुरक्षा संवेदनशिलताप्रति पनि आफू गम्भीर रहेको जानकारी गराका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro