site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने
फाइल तस्बिर।

काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ । शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकमा सहभागी एक नेताका अनुसार खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जान लागेको हो । 

सरकारमा कांग्रेसको नेतृत्व खड्काले गर्ने विषयमा आजको बैठकमा सैद्धान्तिक छलफल भएको ती नेताले बताए । भोलि सभापति, उपसभापति र महामन्त्रीको छुट्टै बैठक बस्ने र औपचारिक निर्णय हुने उनले बताए । 

Himalayan Bank
Dabur nepal
Agni Group

“पूर्ण दाइको नेतृत्व सभापतिले पनि चाहनुभएको छ । आजको बैठकमा यसमा सैद्धान्तिक छलफल भयो । तर, नामको विषयमा कुरा भएको हैन । पदाधिकारी वरीयताको आधारमा कुरा गर्दा उहाँ नै हो,” उनले भने, “यस विषयमा भोलि सभापति, उपसभापति र महामन्त्रीको छुट्टै बैठक हुन्छ ।”

ती पदाधिकारीका अनुसार कांग्रेसले अर्थ मन्त्रालय जुनसुकै हालतमा पनि लिने तयारी गरेको छ । गठबन्धनमा कांग्रेसले सात मन्त्रालय पाउने र आठ मन्त्रालयका लागि प्रयास गरिरहेको बताइएको छ ।

Global bank

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २०:३०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय