site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधानको पालना र संरक्षण अब मेरो प्रमुख दायित्व र कर्तव्य : राष्ट्रपति
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन् । नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले सो कुरा बताए । 

राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रक्रियामा समेत रहेर काम गर्ने अवसर प्राप्त भएकाले संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति आफू सचेत नै रहेको बताए । 

पौडेलले भने, “संविधानको अक्षर र भावनाको मर्मअनुरुप कानुनका जानकारहरुले काम गर्न सुझाव र सल्लाह दिनुहोला ।”

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro