site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सधैँ १६ वर्षकी हिरोइन !
Ghorahi CementGhorahi Cement

भारतीय सिनेमामा एउटा परिचित र पहिचानपूर्ण प्रेम छ । परिचित कथानकमा स्थायी रूपले जमेर बसेका परिचित पात्रहरू पनि छन् । ती यति परिचित छन् कि दर्शकले पोस्टर हेरेरै फिल्मको कथा बताउन सक्छन् ! त्यस्तै केही स्थायी पात्रहरूसँग भेटौँ–

हिरोइन
हिरोइनको ओठ हमेसा मुस्कुराइरहेको हुन्छ । कम्मर लच्किरहेको हुन्छ र मुटु धड्किरहेको हुन्छ । हिरोइन हिरोका लागि गीत गाउँछे र दर्शकका लागि नुहाउँछे । हिरोइनलाई देखेर दर्शकले आफूलाई बिर्सिन्छन् । उता, हिरोले आफ्नो आमाबाउलाई नै बिर्सिन्छ । हिरोइन हमेसा १६ वर्षकी नै रहन्छे ।

हिरोइन फिल्मको प्राण हुने गर्छे । ऊ दर्शकको पनि प्राण नै हुन्छे । यदि, फिल्ममा हिरोइन नहुने हो भने हिरोलाई दर्शकले एक छिन पनि सहन सक्दैनन् । हिरोइन भिलेनको पनि प्राण हुन्छे । उसले हिरोइनलाई जिउज्यानले चाहेको हुन्छ । तर, आफ्नो बेवकुफीका कारण हिरोइनलाई रुष्ट बनाउँछ । वास्तवमा एउटी हिरोइन एकैसाथ धेरैको प्राण हुन्छे !

Agni Group

समयका साथ हिरोइनले आफूलाई जति बदलेका छन्, त्यति कुनै पनि पात्र बदलिएका छैनन् । हिरोइनले सुरुसुरुमा चन्द्रमाको बहाना बनाएर अथवा चन्द्रमाको सहारा लिएर आफ्नो प्रेम प्रकट गर्थे । अचेल हिरोको काँधमा काँध मिलाएर प्रेमको मैदानमा कुदिरहेकी हुन्छे ।

पहिलेपहिले घुँघटपछाडिको रहस्य बताउन चाहन्थिन, ऊ । अचेल चोलीको पछाडिको रहस्य पनि बडो उदार मनले बताउँछे । हामीलाई भविष्यका हिरोइनहरूबाट ठूलो आशा छ ।

Global Ime bank

हिरो
हिरो मात्र हिरो हुन्छ । ऊ हिरोका अलावा अरू केही हुन सक्दैन । ऊ चाहे कुनै किराना पसलमा बस्न लायकको नहोस्, तर पनि ऊ हिरो हुन्छ । ऊ मारामारी गर्छ, त्यसैले पनि ऊ हिरो हुन्छ । ऊ केटीहरूलाई जिस्काउँछ, त्यसैले पनि हिरो हुन्छ । ऊ तस्करी गर्छ र पनि हिरो हुन्छ ।

ऊ रक्सी पिउँछ, त्यसैले हिरो हुन्छ । अचम्मका कामहरू गर्छ, त्यति बेला पनि ऊ हिरो नै हुन्छ । हिरोलाई हिरो हुनबाट उसको बाउले पनि रोक्न सक्दैन । फिल्ममा यदि कथा छ भने त्यो हिरोको वरिपरि नै घुम्छ । र, हिरो हिरोइनको वरिपरि घुमिरहेको हुन्छ !

हिरोले फिल्ममा चानचुने काम गर्दैन । धारामा गएर पानी भर्दैन । यदि, हिरोले धारामा गएर पानी भरे फिल्मले पानी पनि माग्दैन । हिरो तरकारी बजार गएर तरकारी किन्दैन । यो उसको इज्जतविरुद्धको कुरा हो । हो, यदि हिरोइन तरकारी बेच्ने साहुनी भई भने ऊ पक्कै जान्छ । त्यस बेला उसको सान जान्छ, अन्त कतै !

साइड हिरो
फिल्ममा एउटा साइड हिरो पनि हुन्छ । साइड हिरो अर्थात् सहनायक । हेर्दा ऊ लगभग हिरोजस्तै देखिन्छ । उसले हिजोजस्तै कपडा लगाएको हुन्छ । त्यसैगरी हिँड्छ र त्यस्तै बेवकुफी पनि गर्छ, जस्तो हिरोले गरिरहेको हुन्छ । साइड हिरोले सबैभन्दा ठूलो बेबकुफी एउटै गरेको हुन्छ कि उसले त्यही केटीलाई मुटु दिन्छ, जसलाई हिरोले पहिलेदेखि नै दिइसकेको हुन्छ ।

बिचराको दुर्भाग्य हेर्नुस् – उसले अन्तिममा मात्र थाहा पाउँछ, जसलाई आफ्नो सम्झेर खुसी थियो, ऊ अरू कसैकी हो । जसलाई आफ्नो प्रेमिका सम्झिरहेको थियो, ऊ त उसको हुनेवाला भाउजू हो !

जब स्यालको ज्यान जाने हुन्छ, त्यति बेला गाउँतिर पस्छ रे ! जब साइड हिरोको ज्यान जाने हुन्छ, उसले हिरोइनसँग प्रेम गर्न थाल्छ । त्यति बेला स्याल पनि रुन्छ र साइड हिरो पनि रुन्छ । ‘गल्ती गरेका छौ भने भोग अब ! पहिले नै आफ्नो औकातमा रहनुपर्थ्यो नि ! साइड हिरो भएर हिरोइनलाई मुटु दिने हिम्मत तिमीमा कसरी आयो ?’

अब साइड हिरोका लागि एउटै बाटो बाँकी रहन्छ, त्यो हो, त्यागको बाटो । हिरोको ज्यान बचाउन ऊ भिलेनको हातबाट मारिन्छ । बिचरा साइड हिरो !

हिरोकी बहिनी
फिल्म इतिहासको मध्यकालमा कुनै पनि सिनेमा हिरोको बहिनीबिना पूरा हुँदैनथ्यो । फिल्ममा हिरोइन होस् वा नहोस्, बहिनी अवश्य हुन्थी । बहिनी पनि पूरा जवान, चार सन्तानकी आमा । तर, आफ्नो दाजुका अगाडि सधैँ बच्चा नै बनिरहने ।

फिल्मको पहिलो रिलमा बहिनीले हिरोको नाडीमा राखी बाँध्ने काम गर्छे र एउटा राखी गीत पनि गाउँछे । फिल्मको दोस्रो रिलमा बहिनी दाइ हिरोलाई जिस्काउँदै यताउता भाग्छे । हिरोले कुनै सहारा लिएर बहिनीलाई एकदुई चक्करमै समाउँछ । त्यसपछि बहिनीले दाजुलाई भन्छे, ‘दाइ, मलाई एउटी राम्री भाउजू ल्याइदिनु न !’

त्यसो त दाइले सुरुदेखि नै गम्भीरतापूर्वक यस विषयमा आफूलाई लगाइसकेको हुन्छ । र पनि बहिनीलाई भन्छ, ‘हुँदैन नानी, पहिले त तेरो बिहे गरिदिनु छ ।’

अनि, यहीँदेखि सुरु हुन्छ दर्शकका लागि आँसुको सफर । त्यो फिल्म सकिँदा मात्र रोकिन्छ । भइदिन्छ के भने, बहिनीको बलात्कार भइसकेको हुन्छ र उसले आत्महत्या गरिसकेकी हुन्छे । अथवा, बहिनीका लागि खोजेको केटोले अन्तिम समयमा बिहे नगर्ने जवाफ दिन्छ । अथवा, दाइजो भएन भनेर केटाको बाउले जन्ती नै फर्काएर लैजान्छ ।

यदि, यी सबै केही नभए बहिनीकी सासू ललिता पवार भइदिन्छे । यस्ता फिल्मले दर्शकलाई अढाई घण्टा रुवाउने पूरा ग्यारेन्टी लिएको हुन्छ ।

बिचरा हिरो ! बहिनीको बदला लिन अथवा उसको घर बसाउने चक्करमा नराम्ररी फस्छ । ऊ हिरोइनको नजिक पनि जान सक्दैन । मानौँ, हिरोइनको नजिक जाने मौका पाइहाल्यो, त्यतिखेर सेन्सर बोर्डले उसलाई ठिकसँग नजिक जान दिँदैन । त्यसैकारण पनि यस्ता सिनेमालाई सफासुग्घर फिल्म भन्ने गरिन्छ । 

(‘फिल्म पुराण’बाट भावानुवाद ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC