site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेश उपयुक्त छ, अब नामका विषयमा आन्दोलन बेकार हो : ओली
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाङ्कनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरेका छन् । 

बिर्तामोडमा नेकपा (एमाले) झापाले आज आयोजना गरेको 'मिसन ग्रासरुट' अभियानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कोसी प्रदेशको नामाकरणमा विवाद गर्नुपर्ने कुनै आधार नै नरहेको स्पष्ट पारे ।

“प्रदेशको नामाङ्कन ठीक ढङ्गले भएको छ,” उनले भने‍, “मानिसको उत्पत्तिभन्दा कोसीको उत्पत्ति पहिले भएको हो, त्यसमा कसैले आपत्ति जनाउनुहुँदैन ।”

वातावरण, नदी प्रकृतिभन्दा पहिले अर्को सभ्यता नभएको भन्दै उनले भने, “कोसी प्रदेश उपयुक्त छ । अब नामका विषयमा आन्दोलन, जुलुस गर्नु बेकार छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro