अर्थ व्यवसाय
1613887273.jpg)
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन तोलामा एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार उक्त सुन तोलामा एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोलामा एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९ ११:४२
प्रतिक्रिया दिनुहोस्