site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से घट्दा कारोबार रकम बढ्दै, एक सातामै लगानीकर्ताले गुमाए २१ अर्ब बढी
Tiktok banner adTiktok banner ad

काठमाडौं । साताको अन्तिम दिन बिहीबार (आज) कुल बजार पुँजीकरण २७ खर्ब ७२ अर्ब तीन करोड रुपैयाँ रहेको छ । गत साताको अन्तिम कारोबार दिन यस्तो कुल बजार पुँजीकरण २७ खर्ब ९३ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।

एक सातामै कुल बजार पुँजीकरण भने २१ अर्ब ३८ करोड रुपैयाँले घटेको छ । नेप्सेको कुल बजार पुँजीकरणलाई लगानीकर्ताको सम्पत्तिका रूपमा पनि हेरिन्छ । त्यसले पनि समग्रमा हेर्दा सेयर बजारमा लगानीकर्ताले एक सातामै २१ अर्ब ३८ करोड रुपैयाँ गुमाएका छन् ।

साताको अन्तिम कारोबार आज परिसूचक १८.१५ अंक घटेसँगै परिसूचक १९१५.१४ विन्दुमा रोकिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबारको तुलनामा बजार १८.१५ अंकले घटेको हो भने गत साताको अन्तिम दिनको तुलनमा पनि यो सता समग्र बजार १८ अंकले नै घटेको छ ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिससूचक १९३३ विन्दुमा थियो । उक्त विन्दु बराबरमा बजार हिजो (बुधबार) आएको थियो ।

यो साता चार दिन मात्र सेयर कारोबार भएको छ । जसमा एक कारोबार दिन चैत ६ गते नेप्से साढे २२ अंकले वृद्धि भएको थियो । तर, त्यसयता परिसूचक दैनिक घटेको छ । बुधबार र बिहीबार मात्र बजार ३४ अंक घटेको नेप्सेले जनाएको छ ।

परिसूचक घट्दो क्रममा देखिएको छ भने कारोबार रकममा भने वृद्धि भएको देखिएको छ । पछिल्ला दिनहरूमा सेयर कारोबार रकम बढ्दै गएको देखिन्छ । पछिल्ला तीन कारोबार दिनमा कारोबार रकम ३४ करोड ३३ लाख रुपैयाँले वृद्धि भएको छ ।

नेप्सेका अनुसार चैत ५ गते एक अर्ब ६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने चैत ६ गते एक अर्ब २९ करोड रुपैयाँको, चैत ८ गते एक अबै ३३ करोड रुपैयाँको र चैत ९ गते (आज) एक अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्से घट्दा कारोबारीहरू बढ्दै गएकाले पनि कारोबार रकममा वृद्धि भएको देखिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  २०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro