site stats
अर्थ व्यवसाय
आयात र निर्यात घट्दा व्यापार घाटामा राहत
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को आठ महिनाको अवधिमा मुलुकको व्यापार घाटा घटेको छ । आयात र निर्यात घटेसँगै व्यापार घाटा १७.८६ प्रतिशतले घटेको हो । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको अन्तरदेशीय व्यापारघाटा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ कायम भएको छ ।  

Himalayan Bank
Agni Group

गत आर्थिक वर्ष २०७८/०७९ को आठ महिनामा यस्तो व्यापारघाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रूपैयाँ थियो ।गत आर्थिक वर्षको आठ महिनाको तुलनामा आयात १९.१३ प्रतिशतले घटेको छ भने निर्यात २९.०७ प्रतिशतले घटेको छ । आयात र निर्यात दुवै घट्दा त्यसको प्रभाव प्रत्यक्ष रूपमा देखिएको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँको वस्तु तथा सामान आयात भएको छ भने सो अवधिमा एक खर्ब चार अर्ब ७९ करोड रुपैयाँको सामान विदेश निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।

Global bank

गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब आठ अर्ब ७३ करोड रुपैयाँ सामान आयात भएको थियो भने निर्यात एक खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्