site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । 

मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा एक युवाले प्रधानमन्त्री प्रचण्डलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई समाउन खोज्दा उनले 'प्रचण्ड मुर्दावाद' भन्दै विरोध गरेका थिए । 

त्यसबीचमा अर्का एकजना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । दुवैजना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवैजना युवाले गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौँ भन्दै नाराबाजी गरेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएसँगै प्रधानमन्त्री प्रचण्ड कार्यक्रमस्थलमा पुगेका थिए । 

प्रधानमन्त्री प्रचण्ड कार्यक्रमस्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले बैंकको मिटरब्याज मिनाह गर् भन्दै नारा लगाएका थिए । ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । 

भिडियो

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्