site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘क्याराभान’ जस्ता चलचित्र बनाउन मन्त्री किरातीको सुझाव
Tiktok banner adTiktok banner ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले सिनेमालाई पर्यटन प्रवर्द्धनको माध्यम बनाउन सकिने बताएका छन् । विश्वका कतिपय देशमा जीडीपीमा सिनेमाको योगदान ३ प्रतिशतसम्म रहने गरेको भन्दै उनले चलचित्र क्षेत्रको योगदानलाई कम आंक्न नहुने बताए । 

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं सिजनको समापन समारोहलाई सोमबार साँझ संबोधन गर्दै मन्त्री किरातीले चलचित्र ‘क्याराभान’ले नेपालको पर्यटनमा तत्कालीन समयमा ठूलो योगदान दिएको स्मरण गर्दै त्यस्तै चलचित्र बनाउन उनले सिनेमा मेकरसँग उनले आग्रह पनि गरे । 

चलचित्र क्षेत्र नेपाली कला, संकृतिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान सहयोग गर्ने सशक्त माध्यम रहेको भन्दै मन्त्री किरातीले बलिउड र हलिउडका जस्तै चलचित्र बनाउनु पर्नेमा जोड दिए । 

निफका अध्यक्ष केपी पाठकले चलचित्र क्षेत्रलाई राज्यले सहयोग गर्नु पर्नेमा जोड दिए । वार्षिकरूपमा कम्तीमा दुई करोड रुपैयाँ चलचित्र महोत्सवका लागि राज्यले बजेट विनियोजन गर्नु पर्नेमा उनको जोड छ । राज्यले सहयोग गरेको खण्डमा नेपाललाई सिनेमा टुरिजमको हबका रूपमा विकास गर्न सकिने अध्यक्ष पाठकले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro