site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभामुखले 'फिर्ता लिए' पत्रकारबारे दिएको अभिव्यक्ति
फाइल तस्बिर ।

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पष्ट अभिव्यक्ति फिर्ता लिएको जनाएको छ ।

सोमबार अपराह्न नेपाल पत्रकार महासंघका पदाधिकारीहरूलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले आफूले दिएको अभिव्यक्ति फिर्ता लिएको बताएका हुन् । 

गत चैत्र ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि सभामुख विवादमा तानिएका थिए । 

पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिमिरेले आफूहरूसँगको भेटमा सच्याएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।

उनले भने, "एउटा दुर्घटनाबश गरिएको टिप्पणीलाई संसद् सचिवालय अथवा सम्माननीय सभामुखको तर्फबाट सच्याउनुभएको छ । र, नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जुन संविधानमा प्रत्याभूत भएको छ । त्योप्रति संसद् र आफू पूर्ण रूपमा प्रतिबद्ध भएको जानकारी गराउनुभएको छ । सम्माननीय सभामुखज्यू र नेपाल पत्रकार महासंघको बीचमा यही छलफल भयो । र, यो विषयलाई यही टुंग्याउने निर्णय पनि गरेका छौँ ।"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro