site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्र बैंकको निर्देशन : घोडेजात्रामा बैंकिङ सेवा सञ्चालन गर्नू
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भोलि मङ्गलबार घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो ।

“घोडेजात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहे पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (ईसीसी), आरटीजीएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ,” राष्ट्र बैंकले भनेको छ । रासस

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १९:१९
प्रतिक्रिया दिनुहोस्