site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
... अनि मेरो कांग्रेससँग लभ पर्‍यो : प्रधानमन्त्री
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले सहमतिविपरीत बोलेका कारण विश्वासको वातावरण बिग्रदै गएको बताएका छन् ।

उनले संसद्मा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“म अलिअलि सोझो सोझो छु क्या,” प्रधानमन्त्री प्रचण्डले भने, “मैले संसद् विघटन गरेको ठिक छ भनेर केपीजीले भनेपछि म त्यही दिन अब भंग हुने भयो भन्ने अवस्थामा पुगेको थिएँ । त्यसपछि कांग्रेससँग मेरो लभ परिहाल्यो, प्रधानमन्त्री भन्दा पनि एजेन्डाको लागि ।”

उनले कांग्रेसले पनि गल्ती गरिएछ भन्ने सोचेकाले आफू कांग्रेसतिर लागेको बताए ।

“अस्तिको गठबन्धन एजेन्डाको कारणले टिक्दैन भन्ने थियो । यो एजेन्डाले नै टिक्छ,” उनले भने, “हुन त ओलीले वैशाखमा हामी बाहिर सँगै हुन्छौँ भन्नुभएको छ तर त्यस्तो हुने छैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro