site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रूपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी

बुटवल । रूपन्देहीको सियारीमा रहेको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाल विद्यार्थी संघको प्यानल नै विजय भएको छ ।

आइतबार सम्पन्न स्ववियु चुनावको मत परिणामअनुसार सभापतिमा अभिषेककुमार यादव विजय भएका हुन् । यादवले ११३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुकी पुष्पा यादवले ५१ मत मात्रै पाइन् । 

सचिवमा मुकेश नाउँ, कोषाध्यक्षमा विजयालक्ष्मी रानाभाट तथा सदस्यहरूमा निराजन मुराउ, सरिता मल्लाह, दीपेन्द्र थारू र आशिष जैसवाल विजयी भएकाे नेसविसंघ रूपन्देही सभापति शम्शेर खड्काले जानकारी दिए ।

उक्त क्याम्पसमा १६६ मत खसेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu