site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
कलाकार संघको अध्यक्षमा निरौला विजयी
तस्बिर : शान्ति प्रियको फेसबुकबाट ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।

शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको ४६८ मतमा  २३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

संघ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसकेका छन् ।

“संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व संघप्रति बढ्दो छ । आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु,” नवनिर्वाचित अध्यक्ष निरौलाले भने, “मैले घोषणा गरेका अधिकांश काम गर्नेछु । कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु ।”

Global Ime bank

उपाध्यक्षमा कविता गेलालले १५१ मत र शिवहरि नेपाल ‘वैरागी’ले  १४० मत तथा महासचिवमा सविन श्रेष्ठले ११२ मत प्राप्त गरेर विजयी भए ।

यस्तै, सचिवमा रामेश्वर बुर्लाकोटीले २२३ मत र कोषाध्यक्षमा सुनील कटुवालले २६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन् । सदस्यमा शीतल केसी सर्वाधिक ३०२ मत ल्याएर विजयी भइन् ।

अरू सदस्यमा गोपाल ढकाल ‘छन्दे’ (२८७), उद्धवप्रसाद भट्टराई (२११), पवन केसी (२०२), नम्रता खरेल (१८७), पुकार भट्टराई (१८२), खुश्बु खड्का (१७७), सरिता राधोपाध्याय (१४६), रोशन श्रेष्ठ (१३५) र समीर लामा (१३३) मत प्राप्त गरेर विजयी भए ।

झन्डै ७०० सदस्य रहेको संघको निर्वाचनमा ४६८ मत मात्र खसेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC