site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिका–नेपाल दौत्य सम्बन्धको ७५ वर्षमा नेपाल फेस्टिभल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल–अमेरिका दौत्य सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा नेपाल फेस्टिभल–२०२३ गर्न लागिएको छ । 

सन् १९४७ अप्रिल २५ तारिखमा काठमाडौंमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । 

दौत्य सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा अमेरिकाको कनेटिकट राज्यको ब्र्यानफोर्डमा ‘सोसाइटी अफ नेप्लिज इन अमेरिका’ले फेस्टिभल गर्न लागेको हो । 

नेपाली कला–संस्कृति, खानपान, भेषभूषा र मौलिकताको प्रवर्धन गर्ने उद्देश्य राखेर कनेटिकट राज्यमा पहिलोपटक नेपाल फेस्टिभल हुन लागेको हो । ब्र्यानफोर्डको ग्रिन पार्कमा जुलाई १५ मा हुने नेपाल फेस्टिभलमा नेपालीे भेषभूषा, संस्कृति झल्काउने पहिरन र खानाका स्टलहरु राखिने तथा नेपाली गीत संगीतमार्फत मनोरञ्जन गराइने आयोजक समितिको संयोजन गरिरहेका सुवास अर्यालले जानकारी दिए । 

नेपाल फेस्टिभलमा कनेटिकट तथा वरपरका राज्यहरूका उच्चपदस्थ अधिकारीलाई पनि सहभागी गराउने पहल भइरहेको आयोजक समितिले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro