
नयाँ दिल्ली । दक्षिण भारतीय सहर हैदरावादमा बहुतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आगालागीमा परेर अन्य ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो । "आगलागीमा दुई पुरुष र चार महिला गरी ६ जनाको मृत्यु भएको छ," एक प्रहरी अधिकारीले भनेका छन्।
त्यस्तै, अन्य ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते ६ जना मध्ये चार जनाले आगोबाट बच्न कम्प्लेक्सबाट हाम फालेका थिए । आगलागी नियन्त्रणका लागि १२ वटा दमकल घटनास्थलमा पुगेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत प्रवाहमा समस्या उत्पन्न हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।रासस/सिन्ह्वा
