कला
‘ए साथी सुन’को टिजर सार्वजनिक
काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए साथी सुन’को टिजर सार्वजनिक गरिएको छ । टिजर रिलिजसँगै निर्माण पक्षले चलचित्रको रिलिज टेड पछि सरेको जानकारी दिएको छ ।
यसअघि चैत १० गतेबाट प्रदर्शनमा आउने बताइएको चलचित्र अब २०८० जेठ ५ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
लभस्टोरी, थ्रीलर र कमेडी जानराको चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटी र डेब्यु अभिनेता रमेश बानियाँसँगै आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ ।
रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्रलाई बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९ १६:४५
प्रतिक्रिया दिनुहोस्