site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपन्यास ‘अ माइन्ड एट पिस’को नेपाली संस्करण प्रकाशित
Tiktok banner adTiktok banner ad

काठमाडौं । टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित भएको भएको छ । डा. विमलकुमार सुवेदीले नेपाली भाषामा अनुवाद गरेको उपन्यासको नाम ‘सम्यक मन’ राखिएको छ । यसको प्रकाशन वी रिडले गरेको हो ।

टर्किस साहित्यको इतिहासमा यो नै त्यस्तो पहिलो उपन्यास हो जसले वर्ग चेतना र आधुनिक उपन्यासका सिद्धान्तलाई सघन र सर्वांगीण रूपले सम्बोधन गर्दै पश्चिमीकरणका समस्याबारे गम्भीर छलफल गरेको छ । 

पूर्व–पश्चिमबीचको द्वन्द्व, व्यक्तिगत खुसी र सामाजिक दायित्वबीचको सम्बन्ध र नयाँ–पुरानो मान्यताबीचको द्वन्द्व उपन्यासको केन्द्रमा रहेको प्रकाशकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । धर्म, प्रेम, पश्चिमा सभ्यता, संस्कृति र इतिहासका विविध आयाम समेटेर लेखक थम्पिनारले उपन्यासलाई खँदिलो र पठनीय बनाएका छन् ।

दोस्रो विश्वयुद्धको पूर्वसन्ध्या १९३८ मा उपन्यासको नायक मुमताजले स्वतन्त्रता संग्राममा आफ्ना बाबुआमाको मृत्युको वर्णनबाट कथा सुरु गर्छ । जलिरहेको सहरबाट ऊ शान्त सहरमा निर्वासनमा परेको छ । यो यात्रामा उसले युद्धका अनेक पीडा देख्छ । चार पात्रको नाममा खण्ड छुट्याइएको छ– हसन, नुरान सुअद र मुमताज । यसमा धेरै पात्र छन्, जो अस्तित्वका लागि युद्ध, गरिबी र अभावसँग संघर्ष गर्न विवश छन् ।

अटोमन साम्राज्य, इस्तानबुल सहर र संस्कृतिको जादुयी संसारमा लेखकले प्रवेश गराएका छन् । युद्धले निम्त्याएको उथलपुथल, परम्परा र आधुनिकता, पूर्व र पश्चिमबीचको अनिश्चित सन्तुलनलाई प्रकाश पारिएको छ । द्वन्द्वात्मक सांस्कृतिक मानसिकताले कसरी मानिसलाई विभाजित गराई पीडा थोपर्छ भन्ने यथार्थ उपन्यासले उजागर गरेको छ । 

पहिलोपटक सन् १९४९ मा प्रकाशित यस कृतिलाई जेम्स योयसको उपन्यास ‘युलिसिस’सँग पनि तुलना गरिएको छ । ओह्रान पामुकले यसलाई ‘इस्तानबुलको बारेमा लेखिएको सबैभन्दा ठूलो उपन्यास’ भनेका छन् । 

थम्पिनारलाई बीसौं शताब्दीको सबैभन्दा प्रमुख टर्किस उपन्यासकारका रुपमा लिइन्छ । इस्तानबुलमा जन्मिएका उनी कवि, निबन्धकार पनि हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro