site stats
कला
‘गाउँ आएको बाटो’को सम्पादन ताइवानमा 
फाइल तस्बिर

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’ सम्पादनको चरणमा रहेको छ । नवीन सुब्बाको निर्देशन रहेको चलचित्र अहिले फाइनल एडिटिङको टेबुलमा रहेको निर्माता आमोद राईले जानकारी दिएका छन् । 

चलचित्रको सम्पादन ताइवानमा भइरहेको उनले बताए । गाउँ आएको बाटो’ क्वान पुन लङले सम्पादन गरिरहेका छन् । 

S.A.U
Agani Group

दयाहाङ राई, पशुपति राईलगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्र ‘गाउँ आएको बाटो’लाई अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा पठाउने तयारी भइरहेको निर्माता राईले बताए । 

चलचित्र महेश राई र नवीन सुब्बाले लेखेका हुन् । चलचित्र भोजपुरको बालंखा, संखुवासभाको खाँदबारी, सुनसरीको धरान र काठमाडौंमा खिचिएको थियो । 

Global bank

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय