site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछानेले ‘दोहोरो राहदानी दुरुपयोग’ गरेको भेटिएन !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लोपटक लिएको राहदानी प्रयोग गरेर विदेश गएको नभेटिएको अध्यागमन विभागले सरकारी वकिलको कार्यालयलाई जवाफ दिएको छ ।

लामिछानेसँग दोहोरो राहदानी रहेको र अमेरिकी नागरिकता त्याग गरेपछिमात्रै नेपाली राहदानी प्रयोग गरेको हुँदा त्यसलाई दुरुपयोग भन्न नमिल्ने निष्कर्ष विभागको रहेको स्रोतले जानकारी दिएको छ ।

विभागले सरकारी वकिलको कार्यालयलाई लिखित प्रतिवेदन पनि दिइसकेको स्रोतले जानकारी दियो ।

“रवि लामिछानेले दोहोरो राहदानी लिएको हो तर दुईवटै राहदानी एउटै समयमा प्रयोग भएको भेटिएन,” स्रोतले भन्यो, “प्रतिवेदन तयार हुँदैछ ।”

सर्वोच्च अदालतले माघ १३ गते नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गरेको थियो । 

Global Ime bank

सांसद पद खारेज भएलगत्तै लामिछानेले नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरी माघ १५ गते नै जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता पुनः प्राप्त गरेका थिए । 

नागरिकता पुनः प्राप्त गरेकै दिन लामिछानेले अमेरिकी नागरिक रहँदै प्राप्त गरेको नेपाली राहदानी, राहदानी विभागमै बुझाएका पनि थिए ।

सर्वोच्च अदालतमा नेपाली नागरिक नै नरहेका लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै रिट निवेदन दायर गरेका युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको भन्दै प्रहरी प्रशासनमा उजुरी समेत दिएका थिए ।

प्रहरी प्रशासनले सर्वोच्च अदालतको सांसद पद खारेज गरिदिने फैसलाको पूर्णपाठ प्राप्त नभई सफलको उजुरी लिन अस्वीकार गरेको थियो ।  

सफलको उजुरी लिन अस्वीकार गरेपछि सफलले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रहरी प्रशासनविरुद्ध निवेदन दायर समेत गरेका थिए । 

सरकारी वकिल कार्यालयले तत्पश्चात अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनलाई रवि लामिछानेको नागरिकता तथा राहादानीको विषयमा प्रश्न गर्दै पत्राचार गरेको थियो । 

बाह्रखरीले प्राप्त गरेको जानकारी अनुसार अध्यागमनले लामिछानेले २०७२ जेठ १३ मा प्राप्त गरेको राहदानी प्रयोग गरी विदेश प्रस्थान गरेको नपाइएको जवाफ सरकारी वकिलको कार्यालयलाई दिएको छ ।

त्यस्तै जिल्ला प्राशासन कार्यालयको पत्रमा २०५१ साल फागुन १० गते लामिछानेले वशंजको नागरिकता प्राप्त गरेको र २०७९ माघ १५ गते नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरि नागरिकता लिइसकेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयलाई जवाफ दिएको थियो ।

प्रहरी प्रशासनले भने लामिछानेविरुद्ध राहदानीको विषयमा छानबिन भइरहेको नै जानकारी दिएपछि सरकारी वकिल कार्यालयले सफलको लामिछानेविरुद्धको उजुरी फेरि लिनुनपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो । 

हाल लामिछानेको राहादनी सम्बन्धी विषयमा प्रहरी प्रशासनमा अनुसन्धान जारी नै रहेको छ ।

उच्च स्रोतका अनुसार प्रहरी प्रशासनबाट यही महिनाभित्रै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ । 

अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध विरुद्ध राहादानी कसुरमा मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न सक्ने स्रोतले जानकारी दियो ।

लामिछानेविरुद्ध विशेषगरि झुट्टा विवरण पेश गरी राहादानी प्राप्त गरेको आरोप लगाइएको हो ।

लामिछानेले २०७० साल फागुन ९ गते अमेरिकी नागरिकता प्राप्त गरेका थिए । उनका अनुसार २०७५ असार १५ गते अमेरिकी नागरिकता त्यागको प्रक्रिया पूरा गरेका थिए । यसैबीच २०७२ साल असार १३ गते उनले कायमै नरहेको नेपाली नागरिकताको विवरणसहित नेपाली राहदानी प्राप्त गरेको पाइएको थियो । तर अध्यागमनले उक्त राहदानी प्रयोग गरेर विदेश गएको नपाइएको जवाफ सरकारी वकिलको कार्यालयलाई दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu