site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा दिउँसो ३ बजेपछि हुनसक्छ छिटपुट वर्षा
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं उपत्यकामा आज छिटपुट वर्षाको सम्भावना छ । दिउँसो ३ बजेपछि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर, त्यो सम्भावना न्यून रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । “छिटपुट वर्षाको सम्भावना छ । तर, एकदमै न्यून सम्भावना हो । पानी परेको खण्डमा दिउँसो ३ बजेपछि, साँझतिर पर्न सक्छ,” उनले बाह्रखरीसित भने ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा छिटपुट वर्षाको न्यून सम्भावना रहेको उनले बताए । त्यसमा पनि यी जिल्लाका काँठक्षेत्रमा त्यस्तो सम्भावना बलियो रहेको उनको भनाइ छ ।

उनका अनुसार देशमा तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । स्थानीय मौसमी गतिविधिले पनि कहिलेकाहीँ वर्षा गराउन भूमिका खेल्न सक्छ ।

आज प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

आजभन्दा भोलि वर्षाको सम्भावना कम रहेको मौसमविद् लामिछानेले बताए । अहिले नै ठूलो पानी पर्ने प्रणाली विकास नभएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro