site stats
प्रवास
भारतबाट पाकिस्तान जाने नेपालीलाई खोप कार्ड अनिवार्य
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी । फाइल तस्बिर ।
Agani Group
Global bank

काठमाडौं । भारतको बाटो हुँदै स्थलमार्गबाट पाकिस्तान भ्रमण गर्ने नेपालीका लागि खोप कार्ड अनिवार्य गरिएको छ । पाकिस्तानस्थित नेपाली राजदूतावासले शुक्रबार सूचना जारी गर्दै खोप कार्ड अनिवार्य गरिएको जनाएको छ । 

"भारतको बाटो हुँदै सतह/स्थलमार्गबाट पाकिस्तान भ्रमण गर्नुहुने नेपाली नागरिकहरूले यात्रा गर्नुपूर्व आवश्यक भिसा, खोपलगायतका कागजातहरू दुरूस्त नभई यात्रा गर्दा समयमा यात्रा गर्न नपाउने र यात्राको प्रक्रियामा विलम्ब हुने गरेको स्थितिमा भ्रमणपूर्व नै आवश्यक कागजात, भिसा एवं खोप कार्डलगायतका कागजातहरू दुरूस्त रहेको यकिन गरेर मात्र भ्रमण गर्नुहुन अनुरोध गरिएको छ," पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय