राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्ने बताएका छन् ।
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास जारी रहेको बताउँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
“राष्ट्रपतिमा कुरा टुंगिएको छैन,” तीन दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले भने, “भोलि दिउँसो एमाले अध्यक्षसँग कुरा गर्छु । बिहान कांग्रेससँग पनि छलफल गर्छु ।”
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ २०:०५
प्रतिक्रिया दिनुहोस्