site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ज्वाला भन्छन्– राष्ट्रिय सहमति भए माधव नेपाल राष्ट्रपति
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा सचेतक प्रकाश ज्वालाले राष्ट्रिय सहमति भए पार्टी अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिको उमेदवार हुने बताएका छन् । 

सिंहदरबारमा भएको नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठकपछि उनले राष्ट्रिय सहमति भएमात्रै अध्यक्ष नेपाल राष्ट्रपतिको उमेदवार हुने बताएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“राष्ट्रिय सहमतिकै उमेदवार हाम्रो पार्टीका अध्यक्ष वा हाम्रो पार्टीलाई प्राप्त भयो भने अस्वीकार गर्ने कुरा भएन,” उनले भने, “राष्ट्रपतिमा अध्यक्षलाई अघि सार्ने दाबी अनुरोध भएको छ ।” 

नेकपा ब्यूताउँने वा पुरानो गठबन्धन ब्यूँताउनेबारे ठोस कुरा नभएको उनले बताए ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १९:५५
प्रतिक्रिया दिनुहोस्