site stats
बाह्रखरी :: Baahrakhari
खेल
बुटवलमा चौथो राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो हप्ता हुने

बुटवल । बुटवलमा फागुन पहिलो हप्ता चौथो राष्ट्रपति रनिङ शिल्ड आयोजना हुने भएको छ ।
बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न विधागत विज्ञ रहेको संयोजक र उपसमितिहरु गठन गरिएको छ ।

फाल्गुण ४, ५ र ६ गते एन्फा टेक्निकल सेन्टर देवीनगरमा सञ्चालन हुने रनिङ शिल्ड प्रतियोगिताको लागि एथ्लेटिक्स खेलको संयोजकमा मोहन घले, भलिबल संयोजकमा रामबहादुर थापा, कराते संयोजकमा उमेश थापा, तेक्वान्दोको संयोजकमा राजीवसिंह क्षेत्री र कबड्डीको संयोजकमा महेन्द्रबहादुर सुनार रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपसमितिहरुमा प्रचार प्रसार उपसमितिको संयोजकमा प्रेसविज्ञ सीपी खनाल, सचिवालय तथा पुरस्कार व्यवस्थापन संयोजकमा प्रेमबहादुर बस्नेत, मञ्च व्यवस्थापनमा मनमोहन लाल गुभाजु, स्वागत सत्कार संयोजकमा आशा बस्नेत थापा, सुरक्षा तथा स्वयंसेवक व्यवस्थापनमा राजु गुरुङ्ग, फिल्ड तथा सरसफाइ व्यवस्थापनमा केशव थापा, स्वास्थ्योपचार, ट्राफिक तथा एम्बुलेन्स व्यवस्थापनमा सुनिल शाह, मार्चपास अनुशासन तथा प्राविधिक संयोजक हरिश वली, जलपान व्यवस्थापन रमेश न्यौपाने र मूल्याङ्कन तथा जुरीमा मदन शेरचन रहेका छन् ।

चौथो बुटवल उपमहानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिका संयोजक हरिप्रसाद श्रेष्ठको अध्यक्षतामा सचिव प्रेमबहादुर बस्नेतको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहसंयोजक हरिश वली, शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, सदस्य एवं खेलकुद शाखा प्रमुख कोपिला ज्ञवाली तथा सदस्यहरुलगायतले बोलेका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्