site stats
बाह्रखरी :: Baahrakhari
कला
भुवन केसीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बोर्ड सल्लाहकार खड्काले दिए राजीनामा 

काठमाडौं । चलचित्र विकास बोर्डका सल्लाहकार रवीन्द्र खड्काले पदबाट राजीनामा दिएका छन् । आफूले दिएका सुझाव बोर्ड नेतृत्वले स्वीकार नगरेको र विना सल्लाह विवादित निर्णय गरिएको भन्दै उनले पदबाट राजीनामा दिएका हुन् । चलचित्र विकास बोर्डको अध्यक्ष अहिले भुवन केसी छन् ।

“बोर्डले एक्लै निर्णय गर्ने तर विवाद आए पछि हामीलाई अगाडि सार्ने काम भयो । तर, जब हामीले विवाद मिलाउँछौँ, त्यसको जस पनि नदिने प्रवृत्ति देखियो,” रवीन्द्र भन्छन्, “चलचित्र संघ हल बन्द गर्ने भन्दै बोर्डको निणर्यविरुद्ध आन्दोलित हुँदा पनि हामीले मिलायौँ । प्रेम गीतको विवादमा पनि हामीले नै मिलायौँ । निर्णय गर्दा हामीलाई नसोध्ने तर त्यसको अपजस हामीले लिनु पर्ने अवस्था पटक पटक दोहोरिन थालेपछि मैले राजीनामा दिएको हुँ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुवईमा बोर्डले अवार्ड गर्ने निर्णय गर्दा आफूहरुलाई एक शब्द पनि नसोधिएको उनको भनाइ छ । “दुवईमा अवार्ड कार्यक्रम गर्ने त्यति ठूलो निर्णय गर्दा हामीलाई एक शब्द पनि सोधिएन । विवादिन निर्णय विना सल्लाह गर्ने अनि त्यसको अपजस हामीले बोक्नु पर्ने अवस्था आएपछि पद ओगटेर बस्नु मैले उचित ठानिनँ,” रवीन्द्र भन्छन्, “मुस्किलले तीन पटक पनि बोर्डले सल्लाहकारको बैठक बोलाएको छैन । तर, विभिन्न सुविधा लिएको भनेर हल्ला चलाइयो । जुन सुविधा हामीले लिएकै छैन ।” 

रवीन्द्र चलचित्र कलाकार संघका अध्यक्ष पनि हुन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ११:४५
प्रतिक्रिया दिनुहोस्