
धनकुटा । गएको पाँच वर्षमा धनकुटाको सहिद भूमि गाउँपालिकाका ८३१ जनाले रोजगार पाएका छन् । पालिकामा आर्थिक वर्ष २०७५/७६ देखि सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ८३१ जनाले रोजगार पाएका हुन् ।
सुरुआती वर्षमा रु ५१७ र पछिल्लो वर्षदेखि दैनिक रु ५७० का दरले पालिकाका निम्न आय भएका व्यक्तिले एक सय दिनको रोजगार पाएका हुन् । चालु आव २०७९र८० बाहेक चार वर्षमा १९३ महिला र ४९९ जना पुरुषले राजगार पाएका छन् । रो
जगार कार्यक्रमको ‘कामका लागि पारिश्रमिकमा आधारित’ र ‘युवा रोजगारीका लागि रुपान्तरण आयोजना’ बाट पालिकामा रु दुई करोड ७० लाख ५३ हजार १५० भित्रिएको छ ।
रोजगार कार्यक्रमले निम्न आय भएका परिवारलाई जीविकोपार्जन गर्न सहज भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक सीता पौडेलले जानकारी दिइन् । सडक निर्माण तथा संस्कृति प्रवद्र्धन क्षेत्रको रोजगारका लागि पालिकामा हरेक वर्षको वैशाखसम्म सञ्चालन हुने कामका लागि पाँच वर्षमा एक हजार ५५७ आवेदन परेको छ ।

आव २०७५/७६ मा ११२, आव २०७६/७७ मा ५६, आव २०७७/७८ मा २६१, २०७८/७९ मा २६१ र चालु आवको हालसम्ममा ११४ जनाले राजगार पाएका छन् । रासस