site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र विकास बोर्डको स्पष्टीकरण– सूर्य कर्पाेरेसनसँग सहकार्य हाेइन, व्यवस्थापकीय जिम्मा मात्र दिएको हो
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र विकास बोर्डले दुबईमा हुने नेपाल सिनेमा फेस्टका लागि सूर्य कर्पाेरेसनलाई व्यवस्थापकीय जिम्मेवारी मात्रै दिइएको बताएको छ ।

बिहीबार एक विज्ञप्तिानर्फत बोर्डले सूर्य कर्पोरेसनसँग सहकार्य गरेको नभई उसलाई व्यवस्थापकीय जिम्मेवारी मात्र दिएको स्पष्टीकरण दिएको हो । यसका लागि बोर्ड र कर्पोरेसनबीच एमओयू सम्झौतामा हस्ताक्षरसमेत भइसकेको जनाइएको छ । 

‘नेपाली सिनेमा र पर्यटनलाई विश्वमाझ लैजाने’ नारासहित चलचित्र विकास बोर्डको आयोजनामा दुबईमा हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘कबड्डी ४’ प्रदर्शन गरिनेछ ।

यसवर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको र बुसान फेस्टिभलमा आधिकारिक छनोट भएकाले चलचित्र ‘ऐना झ्यालको पुतली’लाई प्रदर्शन गर्न लागिएको बोर्डले जनाएको छ । त्यस्तै, नेपाली चलचित्रको बक्स अफिस इतिहासमा सर्वाधिक ग्रस कलेक्सन गरेको फिल्म भएको कारण ‘कबड्डी ४’ प्रदर्शन गर्न लागिएको हो । 

चलचित्रलाई यूएईस्थित कूटनीतिज्ञ, व्यवसायी, नेपाली समुदाय तथा फिल्ममेकरले हेरेर छलफल चलाउनेछन् ।

महोत्सवको प्रमुख उद्देश्य नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण र विदेशी बजार विस्तार गर्नु रहेको बोर्डले जनाएको छ  जसका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ ।

आयोजनामा हुने फेस्ट यही माघ २९ गतेदेखि फागुन ३ सम्म चल्नेछ । 

Board1675341195.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro