
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग पार्टीको समन्वय गर्न कार्यविधि समिति बनाएको छ ।
बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बैठकले पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा निर्देशन समिति गठन गरेको छ । पूर्वअध्यक्ष तथा सदस्यहरू अट्ने गरी बढीमा १७ सदस्यीय समिति गठन गर्ने निर्णय बैठकले गरेको हो ।
यस्तै, बैठकले २०८० साल वैशाख १ गतेदेखि सक्रिय सदस्यता वितरण गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

“मुलतः आजको बैठक संगठन सुदृढीकरण र सबलीकरणमा केन्द्रित रह्यो,” उनले भने ।