site stats
बाह्रखरी :: Baahrakhari
कला
मिस नेपाल–२०२३ को आवेदन खुला

काठमाडौं । मिस नेपाल–२०२३ को आवेदन खुला भएको छ । आवेदन चैत १ गतेसम्म दिन सकिने आयोजक हिडन ट्रेजरले जानकारी दिएको छ । प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित युवतीले आवेदन दिन सक्नेछन् । 

मिस नेपाल–२०२३ को फाइनल जेठ १३ गते ललितपुरको गोदावरीस्थित  सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ ।  

गत वर्षको मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठले फिलिपिन्समा भएको मिस अर्थ २०२२ प्रतियोगितामा सहभागी भएकी थिइन् । जहाँ सरिशाले बेस्ट इको भिडियो (एसिया) जितेकी थिइन् । 

मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का जापानको टोकियोमा आयोजित मिस इन्टरनेशनल २०२२ मा सहभागी भएकी थिइन् ।

Global Ime bank

मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशी मिस वर्ल्ड २०२३ मा सहभागी हुने तयारीमा छिन् । मिस वर्ल्ड २०२३ मे मा आयोजना हुनेछ । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट विभिन्न प्रशिक्षण लिइरहेकी छन् । 
327897067_714936366957345_3769177251564605955_n1675333351.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu