site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यो वर्ष विश्व मुद्रास्फीति दर ६.६ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण
Tiktok banner adTiktok banner ad

काठमाडौं । सन् २०२३ मा विश्व मुद्रास्फीति दर ६.६ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ ।

‘वर्ल्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा जस्तै यो वर्ष पनि विश्व मुद्रास्फीति दर उच्च रहँदा त्यसको असर आर्थिक वृद्धिदरमा पर्ने जनाएको छ ।

सन् २०२२ मा ८.८ प्रतिशत रहेको विश्व मुद्रास्फीति दर सन् २०२३ मा ६.६ प्रतिशत र सन् २०२४ मा ४.३ प्रतिशत रहने प्रक्षेपण मुद्रा कोषको छ ।

विश्वका ८४ प्रतिशत देशमा उच्च मुद्रास्फीतिको असर त्यहाँको अर्थतन्त्रमा देखिने मुद्रा कोषको अनुमान छ । अस्तव्यस्त आपूर्ति शृंखला, महँगो उत्पादन लागत, ऊर्जा तथा खाद्य संकटलगायत कारण नागरिकको जीवन निर्वाह खर्च बढ्ने ठानिएको छ । रुस–युक्रेन तनाव र कोरोना महामारीपछि सुस्ताएको विश्व अर्थतन्त्र लयमा फर्कन नसक्दा त्यसको प्रभाव देखिएको आईएमएफले प्रतिवेदनमा उल्लेख गरेको छ ।

कोरोना महामारी सुरु हुनुअघि सन् २०१७ देखि २०१९ सम्ममा विश्व मुद्रास्फीति दर औसत ३.५ प्रतिशतबराबर मात्र थियो । तर, पछिल्ला वर्षहरूमा यस्तो वृद्धिदर बढ्दै गएर सन् २०२२ मा ९.९ प्रतिशतसम्म पुगेको छ । चर्को मुद्रास्फीतिबाट सानो अर्थतन्त्र, न्यून आय भएका र विकासोन्मुख देशहरू बढी प्रभावित भएको आईएमएफले जनाएको छ ।

ठूलो अर्थतन्त्र भएका र विकसित मुलुकहरूमा सन् २०२२ मा औसत ७.३ प्रतिशतसम्म पुगेको मुद्रास्फीति सन् २०२३ मा ४.६ प्रतिशत रहने अनुमान छ ।

उदाउँदो अर्थतन्त्र र विकासशील मुलुकहरूमा सन् २०२२ मा ९.९ प्रतिशतसम्म पुगेको मुद्रास्फीति दर सन् २०२३ मा ८.१ प्रतिशत रहने प्रक्षेपण छ ।

यस्तै, न्यून आय भएका र कम विकसित मुलुकहरूमा सन् २०२२ मा १४.२ प्रतिशतसम्म पुगेको मुद्रास्फीति दर ८.८ प्रतिशत रहने अनुमान गरिएको छ ।

चरम मुद्रास्फीतिको नकारात्मक प्रभाव विश्व आर्थिक वृद्धिदरमा प्रत्यक्ष रूपमा देखिएको छ । आईएमएफका अनुसार सन् २०२२ मा विश्व आर्थिक वृद्धिदर ३.४ प्रतिशत रहने अनुमान छ ।

यस्तै, सन् २०२३ मा २.९ र सन् २०२४ मा ३.१ प्रतिशत विश्व आर्थिक वृद्धिदर रहने प्रक्षेपण गरिएको छ ।

केही समयअघि मात्र विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर १.७ प्रतिशतमा खुम्चने प्रक्षेपण सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२२/२३ मा ५.१ र २०२३/२४ मा ४.९ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदनले पनि रुस–युक्रेन युद्ध र कोरोना महामारीको प्रभावलाई न्यून आर्थिक वृद्धिदरको मुख्य कारणका रूपमा उल्लेख गरेको छ ।

उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृंखलामा देखिएको अवरोधलगायत कारणले पनि आर्थिक वृद्धिदरमा गिरावट आएको विश्व बैंकले जनाएको छ ।

सन् २००९ को विश्व आर्थिक मन्दी र २०२० मा महामारीका कारण न्यून देखिएको आर्थिक वृद्धिदरपछि यो वर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

“सन् २०२३ को आर्थिक वृद्धिदरको अनुमान पछिल्लो तीन दशक अवधिमा देखिएको तेस्रो ठूलो गिरावट हो । विश्व आर्थिक वृद्धिदर सन् २००९ र २०२२ यताकै यस वर्ष सबैभन्दा कम हो,” प्रतिवेदनमा भनिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro