site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा

काठमाडौं । भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआइ) मा नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा परेको छ । 

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार काठमाडौंमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२२ मा नेपाल ३४ अंकका साथ ११० औं स्थानमा परेको हो । 

यसअघि सीपीआइ २०२१ मा नेपाल ३३ अंकका साथ १ सय १७ औं स्थानमा रहेको थियो । सीपीआईमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् । 

ट्रान्सपरेन्सी इन्टरनेसनले भ्रष्टाचार विरोधी प्रतिबद्धतालाई प्राथमिकता दिनका लागि सरकारलाई सुझाव दिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले बताइन् । 

Global Ime bank

नेपालमा पदमा बसेका व्यक्तिबाट नै भ्रष्टाचार हुने गरेको देखिएको सरकारले राम्रा काम गरेर पदको दुरुपयोग नगरी भ्रष्टाचार नियन्त्रणमा ध्यान दिनुपर्ने उनले बताइन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण पनि गराएको बताइन् ।

भ्रष्टाचारविरुद्ध विश्वभर नै प्रभावकारी कार्य हुन नसकेको, भ्रष्ट सरकारले नागरिकको सुरक्षा गर्ने क्षमता नराख्ने र फलस्वरुप नागरिकमा वितृष्णा र मुलुक द्वन्द्वमा रुपान्तरण हुने उल्लेख गरेको छ । एसिया प्रशान्त क्षेत्रमा भ्रष्टाचार विरोधी कदमलाई नै बेवास्ता गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu