site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उद्योग परिसंघको 'कोसी एक्स्पो'मा ४०० स्टल रहने

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ समितिको आयोजनामा माघ १९ देखि २८ गतेसम्म आयोजना गरिएको 'सीएनआई कोसी एक्स्पो'को तयारी पूरा भएको छ । आयोजकले सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेल गरेर एक्स्पोमा चार सय स्टल रहने जानकारी दिएको छ ।

एक्स्पोमा बृहत् रूपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेसिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तुका ४०० स्टलहरू रहने सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।

चौतर्फी मन्दी छाएको आर्थिक क्षेत्रलाई एक्स्पोका माध्यमबाट हुने आर्थिक क्रियाकलापले अगाडि बढाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिएको बताउँदै उनले भने, “एक्स्पोमा अत्याधुनिक ह्याङ्गर (डोम) हरूमा उत्पादनका क्षेत्रहरू अनुसार अलग–अलग रूपमा वस्तु तथा सेवाको अवलोकन र खरिद गर्न सकिनेछ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

CNI Koshi Expo Press Meet (2)1675087056.JPG

प्रदेशभरिका औधोगिक क्षेत्रभित्र प्रदेश सरकार र स्थानीय तहले एक्स्पोलाई उत्साहजनक रूपमा अघि बढाउन प्रबर्द्धनमा सहयोग गरेको भन्दै उनले स्थानीय तहका उद्यमीहरूलाई एक्स्पोमा स्टल राख्ने अवसर पाएको घिमिरेको भनाइ छ । एक्स्पोमा स्थानीय तहहरूबाट केही घरेलु, महिला, लघु, साना तथा कृषि क्षेत्रका उद्यमीले नि:शुल्क स्टल प्रदान गरिने आयोजकले जनाएको छ । 

एक्स्पोमा वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासीलगायतका औधोगिक क्षेत्रका ठूला उद्योग र उत्पादन ब्रान्डहरू पनि सहभागी हुने बताइएको छ । यसैगरी भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकहरूबाट प्रतिनिधित्व हुने आयोजकले जनाएको छ ।

छिमेकी मुलुक भारतको बिहार, जोगबनी, बथनाह, फारवीसगञ्ज, अररीया, रानीगञ्ज, वीरपुर, भिमनगर, बंगाल सिलगुडीबाट ५० हजार माथि अवलोकनकर्ता आउने लक्ष्य राखिएको जनाइएको छ ।

एक्स्पोलाई रोचक बनाउन सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि ‘प्लानेटेरियम’ स्थापना गरिएको अध्यक्ष घिमिरेले बताए । 

एक्स्पोमा सविन राई तथा उनको फारोह ब्यान्ड, राजु लामाको मंगोलियन हर्ट, अभया सुब्बा द स्ट्रिम इन्जिन्स ब्यान्ड, एकदेव लिम्बू, नितेशजंग कुँवर, समीर श्रेष्ठ, आशीष गुभाजुको अकेष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ लगायतका कलाकारहरूका सांगीतिक प्रस्तुति तय भएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १९:४५
प्रतिक्रिया दिनुहोस्