site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रणव र सुनिराको विजयी सुरुवात
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालका प्रणव मानन्धर र सुनिरा थापाले आईटीएफ वर्ल्ड टेनिस टुर जे–६० काठमाडौंको सर्किट–१ मा विजयी सुरुवात गरेका छन् ।

सोमबार सातदोबाटोस्थित टेनिस कोर्टमा सम्पन्न ब्वाइज सिंगल्समा प्रणवले भारतका निकिल डिसुजालाई ६–१, ६–४ स्कोरमा पराजित गरेका हुन् ।

Agni Group

सोही स्पर्धाको अन्य खेलमा भियतनामका फाम ला होङ, हङकङका होङ कि लौ, चीनका फान्मिङ मेङ, भारतका प्रत्यक्ष, मायंक शर्मा र वंश नन्दल, देवासिश साहु, आर्यन सुटर, ड्रिक शाह र सागर कुमार तथा भियतनामका नोक लाम काउले पनि पहिलो चरणमा विजय हासिल गरेका छन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा सुनिराले भारतकी अनुष्का भोलालाई ६–४, ५–७, ६–१ को स्कोरमा पराजित गरिन् ।

Global Ime bank

अन्य प्रतिस्पर्धामा भारतका सिम्रिन अहमद, अर्जन खोराकिवाला, इसी महेश्वरी, अमोदिनी नायक, तमन्ना टकोरिया, समइरा पहवा र साइ जान्भी तथा बेल्जिमकी क्यमिली फिसेट, हङकङकी जान लिङ छुन वोङ, रुसकी मिलिना सुब्खकुलोभा र थाइल्यान्डकी कन्छ्या छुङवातना विजयी भए ।

ब्वाइज र गर्ल्समा समान ३२ खेलाडी सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC